थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण
एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण
काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना भाइरस संक्रमण देखिएको छ । सामान्य लक्षणपछि बिहीबार गरिएको परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना पोजिटिभ देखिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । अध्यक्ष नेपाललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो ।
अध्यक्ष नेपालले फेसबुकमा पनि लेखेका छन्, ‘आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षणसहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।’
स्वकीय सचिव गौतमले अध्यक्ष नेपालका सचिवालय र परिवारको समेत परीक्षण हुने बताए ।





