Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Sunday, August 30, 2026
हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मा

२३ साउन, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा कामकाज गर्न थालेका छन् ।
उनले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा काम गरिरहेका छन् ।
‘कामू प्रधानन्यायाधीशज्यूले कोरोना संक्रमणका कारण विदा लिनुभयो, त्यसैले उहाँ अदालत आउन मिलेन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘उहाँ बिदामा बसेपछि हरिकृष्ण कार्कीले जिम्मेवारी सम्हाल्नुभएको हो ।’




