४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
गाउँगाउँमा सिंहदरबार: गौरीशंकरको सेवा प्रवाह अब भोर्लेबाट पनि !

गाउँगाउँमा सिंहदरबार: गौरीशंकरको सेवा प्रवाह अब भोर्लेबाट पनि !
दोलखाको गौरीशंकर गाउँपालिकाले गाउँपालिकाको तल्लो भेग चंखु, मार्वु र खारेका स्थानीयलाई सेवा प्रवाहको सहजताको लागि सेवा केन्द्रको स्थापना गरेको छ । स्थानीय जनताको सहजताको लागि गाउँपालिका अध्यक्ष विश्वास कार्कीले वडा नं ५ भोर्लेमा सेवा केन्द्रको उद्घाटन गरेका हुन् । आईतबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश कै कान्छा गाउँपालिका अध्यक्ष कार्कीले सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।
उक्त सेवा केन्द्रबाट साताको प्रत्येक आइतबार र सोमबार भोर्लेबाट सेवा प्रवाह गर्ने गरि सेवा केन्द्रको सुरुवात गरिएको अध्यक्ष कार्कीले बताए । कार्की गत स्थानीय निर्वाचनमा ४७५१ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारी, स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सेवा केन्द्रको विस्तारले गाउँगाउँमा सिंहदरबार भन्ने भनाई पुष्टि भएको स्थानीय रविन्द्र खड्काले बताए ।





