थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
रौतहटमा माधव नेपालले गरे ४२ करोडका योजना शिलान्यास

१६ साउन, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सोमबार रौतहट सदरमुकाम गौरमा ४२ करोडका विभिन्न योजनाको शिलान्यास गरेका छन ।
नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण मन्त्रालयको लगानीमा रौतहटको गौरमा निर्माण हुने टाउन हल, विवाह भवन तथा विभिन्न सडकहरुको अध्यक्ष नेपालले शिलान्यास गरेका छन ।
गौर नगरपालिका–२ मा तीनसय दर्शक क्षमताको टाउन हलको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री नेपालले रौतहटको समग्र विकासका लागि आफू सदैव लागिरहेको बताएका छन् । सदरमुकाम गौरको विकासका लागि यी योजनाहरुले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारले रौतहटको विकासका लागि विभिन्न योजनाहरु राखेको बताए । टाउनहल, विवाह भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडकहरु समयमै सम्पन्न गर्नका लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले काम गर्ने मन्त्री चौधरीले बताए ।
सघन शहरी तथा भवन निर्माण आयोजनाले गौर नगरपालिका–२ मा २० करोडको लागतमा टाउन हल, गौरको कबिर चोकमा ८ करोडको लागतमा विवाह भवन तथा १४ करोडको लागतमा टिकुलिया, सिर्सिया र सबगढामा सडक तथा ढल निर्माणको काम गर्ने गौर नगरपालिकाका मेयर शम्भू साहले बताए ।




