थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
शर्मालाई अर्थमन्त्री बनाएको विरोधमा प्रदर्शन गर्ने २५ जना पक्राउ

१६ साउन, काठमाडौं । जनार्दन शर्मालाई अर्थमन्त्री र्नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
युथ कंग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो । त्यसक्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ कंग्रेस नेपालले जनाएको छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिबाट करका दर हेरफेर गरेको आरोप लागे पनि संसदीय छानबिन समितिले राम्ररी छानबिन नै नगरी निर्दोष ठहर गरि शर्मालाई फेरि अर्थमन्त्री बनाइएको उनीहरुले प्रदर्शन गरेका हुन् ।
शर्माको पुनर्नियुक्ति र उनलाई क्लिन चिट दिने छानबिन समितिमा प्रमुख प्रतिपक्षले देखाएको दोहोरो चरित्रले लोकतन्त्रकै उपहास गरेको उनीहरूले बताएका छन् ।