मुडे–चरिकोट सडकको स्तरोन्नति कार्यले पुनः गति लियो
2026-11-16श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसमा माङसेबुङमा संयुक्त कार्यक्रम, हर्क साम्पाङ र सुदन किरातीसहितका नेताहरू सहभागी ।।।
2026-11-16
श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसमा माङसेबुङमा संयुक्त कार्यक्रम, हर्क साम्पाङ र सुदन किरातीसहितका नेताहरू सहभागी ।।।
श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसमा माङसेबुङमा संयुक्त कार्यक्रम, हर्क साम्पाङ र सुदन किरातीसहितका नेताहरू सहभागी
१६ मंसिर २०८३, सोमबार
सम्बाददाता : थाङ्मीचागु डटकम
इलाम । श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसको अवसरमा इलामको माङसेबुङमा विशेष कार्यक्रम आयोजना गरिएको छ। माङसेबुङ र मिक्लाजुङको संयुक्त आयोजनामा पञ्चमीमा सम्पन्न कार्यक्रममा पार्टीका अध्यक्ष हर्क साम्पाङ, वरिष्ठ नेता सुदन किरातीसहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
पार्टीको स्थापना दिवसलाई विशेष रूपमा मनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रममा श्रमको सम्मान, सामाजिक रूपान्तरण, सुशासन, जनताको अधिकार तथा समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान गरिएको थियो। श्रमलाई सामाजिक परिवर्तन र समृद्धिको आधारका रूपमा स्थापित गर्ने पार्टीको अभियानलाई थप प्रभावकारी बनाउने विषयमा समेत चर्चा गरिएको थियो।
हर्क साम्पाङ र सुदन किरातीसहितका नेताहरूको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। माङसेबुङ र मिक्लाजुङ क्षेत्रको संयुक्त सहभागिताले स्थापना दिवसलाई सामूहिक उत्सवका रूपमा अघि बढाएको देखिएको छ।
थाङ्मीचागु डटकम | सत्य, तथ्य, निष्पक्ष खबर




