मुडे–चरिकोट सडकको स्तरोन्नति कार्यले पुनः गति लियो
2026-11-16श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसमा माङसेबुङमा संयुक्त कार्यक्रम, हर्क साम्पाङ र सुदन किरातीसहितका नेताहरू सहभागी ।।।
2026-11-16
कारको डिकीभित्र ६ किलो ४० ग्राम चरेस बरामद, काभ्रेका एकसहित दुईजना पक्राउ।।।
कारको डिकीभित्र ६ किलो ४० ग्राम चरेस बरामद, काभ्रेका एकसहित दुईजना पक्राउ
१ मंसिर २०८३, सोमबार | संवाददाता : थाङ्मीचागु डटकम
भक्तपुर । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–०३५ च ४५६१ नम्बरको कार जाँच गर्ने क्रममा पछाडिको डिकीमा रहेको लगेजभित्र लुकाइएको अवस्थामा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
सेतो प्लास्टिकमा पाँच पोका बनाएर लत्ताकपडाले छोपेर राखिएको अवस्थामा चरेसजस्तो देखिने पदार्थ बरामद गरिएको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।
प्रहरीले बरामद लागुऔषध, कार र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ।





