राष्ट्रिय भेलापछि जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक गर्दै एमाले !!!

1Shares

राष्ट्रिय भेलापछि जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक गर्दै एमाले

काठमाडौं, ३० कात्तिक २०८३।

नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। राष्ट्रिय भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठकसमेत आयोजना गर्ने कार्यक्रम तय गरेको छ।

एमालेले सार्वजनिक गरेको कार्यतालिकाअनुसार राष्ट्रिय भेला काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा सञ्चालन हुनेछ।

त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ।

यसैगरी, मंसिर ५ गते केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय भेलापछि पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधिहरूको सहभागितामा हुने यी कार्यक्रमलाई एमालेले संगठनात्मक गतिविधि र आगामी राजनीतिक कार्यदिशाका दृष्टिले महत्त्वपूर्ण रूपमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *