तामाकोशी नदीमा पौडी खेल्ने क्रममा १८ वर्षीय किशोर बेपत्ता

0Shares

तामाकोशी नदीमा पौडी खेल्ने क्रममा १८ वर्षीय किशोर बेपत्ता

थाङ्मीचागु डटकम | कार्तिक २८, २०८३

दोलखा दोलखाको सिँगटी बजार नजिकै तामाकोशी नदीमा पौडी खेल्ने क्रममा भारत घर भएका अन्दाजी १८ वर्षीय राजा नाम गरेका किशोर बेपत्ता भएका छन्।

सिँगटी बजारस्थित एक मिठाई पसलमा काम गर्दै आएका उनी शनिबार दिउँसो करिब १ बजे नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय सिँगटीका अनुसार बेपत्ता किशोरको खोजी कार्य जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *