नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
मधेशमा छठ पर्वको रौनक, झिलिमिली बत्ती र भक्तिगीतले बजारदेखि घाटसम्म उत्सवमय ।।।
मधेशमा छठ पर्वको रौनक, झिलिमिली बत्ती र भक्तिगीतले बजारदेखि घाटसम्म उत्सवमय
२०८३ कात्तिक २८ गते
मधेश । छठ पर्व नजिकिएसँगै मधेश प्रदेशका विभिन्न जिल्लामा छठको रौनक बढेको छ। सहरदेखि गाउँसम्मका नदी, पोखरी तथा तलाउका घाटहरू झिलिमिली बत्तीले सजाइएका छन् भने बजारदेखि घरआँगनसम्म छठी माताका भक्तिगीत गुञ्जिन थालेका छन्।
छठ पर्वका लागि आवश्यक पूजासामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। श्रद्धालुहरू घाट व्यवस्थापन, सरसफाइ तथा सजावटमा जुटेका छन्।
सूर्यदेव र छठी माताको आराधना गर्दै मनाइने यस पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै मनाइने छठले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देशसमेत प्रवाह गर्दै आएको छ।
छठको आगमनसँगै मधेशका बजार, बस्ती र घाटहरू भक्तिमय तथा उत्सवमय बनेका छन्।





