आगामी स्थानीय निर्वाचनमा बिगु-८ को वडा अध्यक्ष पदमा विक्रम ठान्टी थाङ्मीको उम्मेदवारी !!!

0Shares

आगामी स्थानीय निर्वाचनमा बिगु-८ को वडा अध्यक्ष पदमा विक्रम ठान्टी थाङ्मीको उम्मेदवारी

दोलखा, २८ कार्तिक। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दोलखाको बिगु गाउँपालिका–८, खोपाचागुमा वडा अध्यक्ष पदका लागि विक्रम ठान्टी थाङ्मीले उम्मेदवारी अघि सारेका छन्।

खोपाचागुको समग्र विकास, सुशासन, पारदर्शिता र जनताको अधिकारलाई प्राथमिकतामा राख्दै उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।

‘समृद्ध खोपाचागु, सुखी वडावासी; जनताको विश्वास, विकासको नयाँ प्रयास!’ भन्ने मूल नारासहित उनले वडाको विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेका छन्।

विकास निर्माण, जनताको आवश्यकता, सार्वजनिक सेवाको प्रभावकारिता, सुशासन तथा पारदर्शितालाई केन्द्रमा राखेर बिगु–८ लाई समुन्नत बनाउने प्रतिबद्धता उनको चुनावी सन्देशमा समेटिएको छ।

त्यसैगरी, ‘हाम्रो वडा, हाम्रो अधिकार; विकास र समृद्धि हाम्रो साझा आधार!’ भन्ने नारामार्फत स्थानीय अधिकार, जनसहभागिता र साझा विकासको अवधारणालाई अघि सारिएको छ।

खोपाचागुको समग्र विकास र वडावासीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने उनको प्रतिबद्धता आगामी स्थानीय निर्वाचनको सन्दर्भमा सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *