मकवानपुरको चिसापानी गढीमा भीषण ईभी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते ।।।
2026-11-12काग-कुकुर, गाई-गोरुको पूजा अगाडि कि चेली-माइतीको पवित्र टीका? बलिहाङ पर्वको मौलिक इतिहास खोजौँ ।।।
2026-11-11
मकवानपुरको चिसापानी गढीमा भीषण ईभी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते ।।।
मकवानपुरको चिसापानी गढीमा भीषण ईभी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते
मकवानपुर।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको भीषण विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार आज बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाका बेला चालकसहित १५ जना सवार रहेको उक्त गाडीमा १० जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनालगत्तै सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा उद्धार कार्य सञ्चालन गरेको जनाइएको छ।
दुर्घटनाको कारण तथा मृतक र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाबारे थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिने सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभएको छ।
हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना
यस हृदयविदारक दुर्घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति थाङ्मिचागु डट कम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।
थाङ्मिचागु डट कम परिवार
समाचार | सूचना | विचार | समुदायको आवाज




