इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!

0Shares

इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने

इराक, १२ अक्टोबर २०२६।

संवाददाता सरिता बल

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् इराकको आयोजनामा ‘दशैँ धमाका २०८३’ सांस्कृतिक कार्यक्रम हुने भएको छ।

आयोजकका अनुसार कार्यक्रम २३ अक्टोबर २०२६ (शुक्रबार) सुलेमानीस्थित ओस्कार हलमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रममा गायक तथा संगीतकार विश्व दोङको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, रात्रिभोज, नृत्य तथा डिजे नाइट समावेश गरिएका छन्।

प्रवासमा रहेका नेपालीबीच एकता, सद्भाव र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमसम्बन्धी जानकारी तथा टिकटका लागि +९६४ ७८० ६६३ ७५२९ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन्।

थाङ्मिचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *