भीआईपी तामझामबिनै प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क प्रस्थान

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहले यसपटक विमानस्थलमा हुने परम्परागत औपचारिक बिदाइ, गार्ड अफ अनर तथा रेड कार्पेटजस्ता कार्यक्रम नगरी यात्रा गरेका हुन्। भोटेकोशी बाढीबाट देश शोकमा रहेका कारण विमानस्थलमा अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।

शाहको सवारी भीआईपी क्षेत्रबाट सिधै विमान पार्किङस्थलतर्फ जाने व्यवस्था गरिएको थियो। विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मन्त्री, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक प्रतिनिधिहरू विमानस्थल पुगेर औपचारिक बिदाइ गर्ने परम्परा रहँदै आएको थियो।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नेछन्। यो प्रधानमन्त्री बनेपछि शाहको पहिलो विदेश भ्रमण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *