किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, छबिधान राईको नेतृत्वमा नयाँ कार्यसमिति ।।।
2026-09-21कुर्दिस्तान स्पोर्ट्स सेन्टर च्याम्पियनसिपमा नेपाली खेलाडी दावा फुन्जो शेर्पाको सफलता ।।।
2026-09-20
Monday, September 21, 2026
माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले आज थप ११ वटा शव निकालेको छ।
नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोज तथा उद्धार अभियान सञ्चालन गर्ने क्रममा थप ११ वटा शव फेला पारी बाहिर निकालेको हो।
निकालिएका शवलाई आवश्यक प्रक्रिया पूरा गरी पहिचान तथा व्यवस्थापनका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको छ। सुरुङभित्र अझै खोज तथा उद्धारको काम जारी रहेको नेपाली सेनाले जनाएको छ।
बाढी तथा पहिरोका कारण प्रभावित आयोजनाको सुरुङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बने पनि नेपाली सेना, आयोजना र सम्बन्धित प्राविधिक टोलीले निरन्तर खोजी गरिरहेका छन्।




