किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, छबिधान राईको नेतृत्वमा नयाँ कार्यसमिति ।।।
2026-09-21कुर्दिस्तान स्पोर्ट्स सेन्टर च्याम्पियनसिपमा नेपाली खेलाडी दावा फुन्जो शेर्पाको सफलता ।।।
2026-09-20
धनगढीमाई–१३ को ग्रिनरी पार्कमा बुद्ध प्रतिमाको प्राण प्रतिष्ठा
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

विनोद अविरल, सिराहा, असोज ३ ।
सिराहाको धनगढीमाई नगरपालिका–१३ स्थित ग्रिनरी पार्कमा नवनिर्मित भगवान गौतम बुद्धको प्रतिमाको विधिपूर्वक प्राण प्रतिष्ठा तथा उद्घाटन गरिएको छ।
बुद्ध प्रतिमा निर्माण समितिका अध्यक्ष प्रेमकुमार पाख्रिनको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष सूर्यमान तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा समाजसेवी राजेन्द्र यादव, दिलीपकुमार लामा, राजनीतिज्ञ तेजीलाल लामा, सिराहा जिल्ला तामाङ घेदुङका अध्यक्ष प्रेमकुमार योञ्जन, धनगढीमाई–९ का वडा अध्यक्ष प्रकाश योञ्जनलगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
स्थानीय युवा गोविन्द लामाको प्रमुख पहलमा बुद्ध प्रतिमा निर्माणको काम सुरु गरिएको थियो। स्थानीय समाजसेवी तथा सहयोगीहरूको संयुक्त प्रयासमा प्रतिमा निर्माण कार्य छोटो समयमै सम्पन्न गरिएको जनाइएको छ।
बौद्ध परम्पराअनुसार विधिपूर्वक पूजाआजा गरी वडा अध्यक्ष सूर्यमान तामाङ र समाजसेवी राजेन्द्र यादवले संयुक्त रूपमा बुद्ध प्रतिमा स्थलमा राखिएको शिलालेखको ब्यानर खोलेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो। त्यसपछि अतिथिहरूले संयुक्त रूपमा बुद्ध प्रतिमामा राखिएको पहिलो वस्त्रको डोरी तानेर प्रतिमाको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा स्थानीय तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। यस क्षेत्रमा पहिलोपटक बुद्ध प्रतिमा स्थापना भएपछि स्थानीयवासीमा खुसी छाएको छ।
कार्यक्रममा बुद्ध प्रतिमा निर्माणका लागि सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो। साथै ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सहभागी भक्तजन तथा अतिथिहरूलाई प्रसाद वितरण गरिएको थियो।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण धनगढीमाई–१३ मा बुद्ध प्रतिमाको स्थापनाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत थप योगदान पुग्ने स्थानीयवासीले विश्वास व्यक्त गरेका छन्।
थाङमिचागु डटकम
अनलाइन मिडिया




