दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाबाट आएको उद्धार टोली रसुवाको धुञ्चे आइपुगेको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएको क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन दक्षिण कोरियाबाट विशेषज्ञसहितको टोली नेपाल आएको हो। टोलीले आजदेखि भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धारको काम सुरु गर्ने जनाएको छ।

स्थानीय सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी टोलीले प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धारमा सहयोग गर्नेछ।

विपद्को कठिन परिस्थितिमा दक्षिण कोरियाबाट आएको उद्धार टोलीको सहयोगले बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *