रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता भोटेकोशी बाढीपछि सहयोग र पुनर्निर्माणबारे छलफल

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच मंगलबार भेटवार्ता भएको छ। लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार तथा राहत र विपद्पछिको पुनर्निर्माणमा चीनको सहयोगबारे छलफल भएको हो।

भेटमा राजदूत झाङले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारदेखि पुनर्निर्माणसम्म नेपाललाई चीनको निरन्तर साथ रहने प्रतिबद्धता जनाएका छन्। साथै जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद् र विपद् व्यवस्थापनमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनर्निर्माणका लागि चीनले गरिरहेको सहयोगलाई थप निरन्तरता दिने विषयलाई भेटवार्तामा विशेष महत्व दिइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *