मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
आरोपीको अनुसन्धान भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ
थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

विनोद अविरल, भदौ ८ । बारा — तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपीको अनुसन्धानका क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको आरोपमा प्रहरी हवल्दार कुमार विक पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार हवल्दार विकले अनुसन्धानका क्रममा आरोपीसँग गरिएको सोधपुछको भिडियो आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएका थिए। उक्त भिडियो त्यसपछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको प्रहरीले जनाएको छ।
भिडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता तथा पीडित पक्षको गोपनीयताको अधिकारमाथि प्रश्न उठेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले विकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार हवल्दार विकमाथि गोपनीयता भंग गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ। घटनाको अनुसन्धानका क्रममा संवेदनशील सामग्री सार्वजनिक भएको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।





