४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
लहानमा सार्वजनिक जग्गामा बनेका घर टहरामा डोजर चलाइयो
थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

विनोद अविरल, भदौ ८ । लहान — सिरहाको लहान नगरपालिका–५ स्थित गुदरी हटिया क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण गरिएका घर–टहरा तथा अन्य भौतिक संरचनामा नगरपालिकाले डोजर चलाएर भत्काएको छ।
लहान नगरपालिकाका अनुसार पटक–पटक सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरिए पनि अटेर गरेपछि डोजर प्रयोग गरी संरचना हटाइएको हो। नगरपालिकाले नेपाल खानेपानी संस्थान, लहानको प्रवेशद्वारदेखि पूर्व हनुमान मन्दिरसम्म गुदरी हटियाको जग्गामा बसोबास तथा व्यापार गर्दै आएकालाई तीन दिनभित्र स्थान खाली गर्न सूचना जारी गरेको थियो।
नगर प्रमुख महेशप्रसाद चौधरीका अनुसार नगरपालिकाको स्वामित्वमा रहेको करिब दुई बिघा जग्गामा तीनवटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गर्ने योजना छ। ती कोठा भाडामा उपलब्ध गराई नयाँबजारका व्यापारीलाई व्यवस्थित गर्ने नगरपालिकाको तयारी रहेको उनले बताए।
नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा बजार व्यवस्थापनका लागि संरचना हटाइएको जनाएको छ। यता, प्रभावित व्यापारीहरूले भने भत्काइएका संरचनाबाट भएको क्षतिको उचित मूल्यांकन गरी न्यायोचित व्यवस्थापन गर्न माग गरेका छन्।





