सरकारसँग सहमतिपछि गरिमा चौधरीका आमाबुवामा खुसी

0Shares

थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

काठमाडौं । गरिमा चौधरीको घटनालाई लिएर लामो समयदेखि न्यायको माग गर्दै आएका उनका आमाबुवा सरकारसँग सहमति भएपछि खुसी भएका छन्।

सरकारसँग भएको सहमतिपछि गरिमाका बुवाआमाले आफूहरूको कुरा सरकारले गम्भीरतापूर्वक सुनेको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले आफूहरूले उठाएका मागहरू लिखित रूपमा सम्बोधन गरिएको बताएका छन्।


गरिमाका बुवाले भने, “आज हामी एकदमै खुसी छौँ। हाम्रो सबै कुरा माननीयज्यूले सुनिदिनुभयो। सबै कुरा लिखित गरेर दिनुभएको छ।

नयाँ नियम लागू गर्न बैठक बस्नुपर्ने भएकाले त्यसका लागि केही समय दिनुपर्ने उनले बताए। “एक हप्तामा निर्णय दिए हुन्छ। आज एकदम सन्तुष्ट छु। सानो नानीले न्याय पायो,” उनले भने।

सरकारसँग भएको सहमतिपछि गरिमा चौधरीका परिवारले अब सहमति कार्यान्वयन हुने र घटनामा न्याय सुनिश्चित हुने अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *