बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरूको आन्दोलन स्थगित
थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

काठमाडौं । सरकारसँग १४ बुँदे सहमति भएसँगै पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग अगाडि आन्दोलनरत लघुवित्त ऋणीहरूले धर्ना स्थगित गरेका छन्।
सरकार र आन्दोलनरत लघुवित्त ऋणीहरूबीच भएको सहमतिपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन्। सहमतिपछि सरकारले आन्दोलनमा सहभागी विभिन्न जिल्लाका ऋणीहरूलाई आ–आफ्नो घर फर्किने व्यवस्था मिलाएको छ।
सरकारले साझा यातायातका ८ वटा बसमार्फत झापा, मोरङ, सर्लाहीसहित विभिन्न जिल्लाका ३२३ जना ऋणीहरूलाई घरतर्फ बिदाइ गरेको जनाएको छ।
लघुवित्त संस्थाबाट लिएको ऋण, ब्याज तथा असुली प्रक्रियालगायत विषयमा लामो समयदेखि असन्तुष्टि जनाउँदै ऋणीहरू आन्दोलनमा थिए। सरकारसँग भएको १४ बुँदे सहमतिले आफूहरूका माग सम्बोधन हुने विश्वास आन्दोलनरत ऋणीहरूले व्यक्त गरेका छन्।
अब सहमति कार्यान्वयनका लागि सम्बन्धित पक्षबीच आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ।




