निजी भ्रमणमा पोखरा पुगे प्रधानमन्त्री बालेन शनिबार मुस्ताङ जाने
2026-08-21गरिमा चौधरीको बलात्कारपछि हत्याको विरोधमा गोलबजारमा प्रदर्शन
2026-08-21थामी समाजको प्रतिनिधिमण्डलद्वारा पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट, ऐतिहासिक ग्रन्थ हस्तान्तरण
2026-08-21
निजी भ्रमणमा पोखरा पुगे प्रधानमन्त्री बालेन शनिबार मुस्ताङ जाने
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता :भिम कुमार थामि

पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निजी तथा पारिवारिक भ्रमणका क्रममा शुक्रबार पोखरा पुगेका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा आएका हुन्।
शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बस्ने भएका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्रीको भ्रमण पारिवारिक भएकाले उहाँको कुनै औपचारिक कार्यक्रम छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि शाहको मुस्ताङ भ्रमण निजी रहेको स्पष्ट पारेको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले भ्रमणका विषयमा थप जानकारी आवश्यक परे प्रधानमन्त्रीको निजी सचिवालयबाट लिन सकिने बताएका छन्।
प्रधानमन्त्री शाह शनिबार पोखराबाट मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ।भ्रमणका क्रममा प्रधानमन्त्री शाहको कुनै औपचारिक सरकारी कार्यक्रम नरहेको बताइएको छ।




