धनगढीमाईका मेयर महतोद्वारा नेपाल जन विकास बहुउद्देश्य संस्थाको कार्यालय उद्घाटन

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सिराहाको धनगढीमाई नगरपालिकामा नेपाल जन विकास बहुउद्देश्य संस्था लिमिटेडको कार्यालय उद्घाटन गरिएको छ।

संस्थाको कार्यालयको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा नगरपालिकाका मेयर महतो, धनगढीमाई नगरपालिका–१० का वडा अध्यक्ष सरोजकुमार महतो, वडा नम्बर १२ का अध्यक्ष जयप्रकाश ठाकुरसहित संस्थाका पदाधिकारी तथा सदस्यहरू, समाजसेवी र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै मेयर महतोले नेपाल जन विकास बहुउद्देश्य संस्था लिमिटेडले स्थानीय स्तरमा आर्थिक, सामाजिक तथा सामुदायिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। उहाँले संस्थाको सफल सञ्चालन, दीर्घकालीन प्रगति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो।

संस्थाले बहुउद्देश्यीय सेवामार्फत स्थानीय समुदायको आर्थिक सशक्तीकरण, रोजगारी सिर्जना तथा सामाजिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

स्थानीय जनप्रतिनिधि, संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागिताले कार्यालय उद्घाटन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *