निको आथाङ तुनमुन समाजद्वारा स्वर्गीय गानबा थामीको परिवारलाई रु. ६०,५३६ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-07-31प्र.अ. घनश्याम झाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
2026-07-28
निको आथाङ तुनमुन समाजद्वारा स्वर्गीय गानबा थामीको परिवारलाई रु. ६०,५३६ आर्थिक सहयोग हस्तान्तरण !!!
निको आथाङ तुनमुन समाजद्वारा स्वर्गीय गानबा थामीको परिवारलाई रु. ६०,५३६ आर्थिक सहयोग हस्तान्तरण
थाङ्मीचागु डटकम
साउन १६, २०८३
निको आथाङ तुनमुन समाजको पहलमा स्वर्गीय गानबा थामीको परिवारलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको दुई दिने आर्थिक सहयोग अभियान सफलतापूर्वक सम्पन्न भएको छ। अभियानबाट संकलित रु. ६० हजार ५ सय ३६ स्वर्गीय गानबा थामीको परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको समाजले जनाएको छ।
मानवीय सेवाको भावनालाई आत्मसात गर्दै सञ्चालन गरिएको उक्त अभियान निको आथाङ तुनमुन समाजका संस्थापक अध्यक्ष श्री पल ठान्टी थामीको नेतृत्व तथा पहलमा सम्पन्न भएको हो।
अभियानलाई सफल बनाउन समाजकी कोषाध्यक्ष मिमोसा थामी, निको आथाङ तुनमुन समाजका सल्लाहकार तथा थाङ्मीचागु डटकम मिडियाका संस्थापक सन्तोष ठान्टी, समाजकी सदस्य गीता थामी, पाटिराङ पाखाटोल प्रतिनिधि बिनोत थामी, युवा समाजसेवी तथा नेपाल थामी समाज मलेसियाका उपाध्यक्ष सुजन थामी तथा युवा समाजसेवी एवं नेपाल थामी समाज मलेसियाका कोषाध्यक्ष नीर थामीले अभियानको समन्वय, व्यवस्थापन तथा सञ्चालनमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो।
यस अभियानमा निको आथाङ तुनमुन समाजका सम्पूर्ण सदस्य, देश तथा विदेशमा रहनुभएका दाताहरू, सहयोगी तथा शुभेच्छुकहरूले आर्थिक, नैतिक तथा मानवीय रूपमा महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको समाजले जनाएको छ। सहयोगदाताहरूको उदार भावना, विश्वास र ऐक्यबद्धताका कारण शोकमा परेको परिवारलाई केही भए पनि राहत उपलब्ध गराउन सफल भएको समाजको विश्वास छ।
समाजले यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रकट गर्नुहुने सम्पूर्ण दाताहरू, सहयोगी संस्था, शुभेच्छुक तथा समाजप्रति हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा पनि दुःख, विपत्ति तथा आपत्कालीन अवस्थामा परेका समुदायका सदस्यहरूको साथमा उभिँदै यस्ता मानवीय अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएको छ।
निको आथाङ तुनमुन समाजका संस्थापक अध्यक्ष श्री पल ठान्टी थामीले थाङ्मीचागु डटकमलाई जानकारी दिँदै अभियानबाट संकलित रु. ६०,५३६ स्वर्गीय गानबा थामीको परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले अभियानलाई सफल बनाउन आर्थिक, नैतिक तथा मानवीय रूपमा साथ दिनुहुने सम्पूर्ण दाताहरू, निको आथाङ तुनमुन समाजका सदस्यहरू, देश तथा विदेशमा रहनुभएका सहयोगी एवं शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व र मानवीय सेवाका यस्ता अभियानलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
– थाङ्मीचागु डटकम



