प्र.अ. घनश्याम झाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
2026-07-28इराकबाट फर्किएका २०३ नेपालीले पाए श्रम स्वीकृति, लाखौं रुपैयाँ बचत
2026-07-22
प्र.अ. घनश्याम झाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

दोलखा । आफ्नो इच्छा विपरित पदबाट विद्यालयको प्र.अ बनाएको भन्दै आफूलाई हटाउन माग गर्दै तामाकोशी गाउँपालिका–४ गोल्मेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक घनश्याम झा जिल्ला प्रशासन कार्यालय दोलखामा आज मङ्गलबारदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएको छ । तामाकोशी गाउँपालिका ।
वडा नम्बर–७ स्थित कालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई काज सरुवा गराएर नियतवस इच्छा विपरित प्रधानाध्यापकको जिम्मेवारी दिएको र आफूले उक्त जिम्मेवारी पूरा गर्ने सिलसिलामा नचाहिँदो खिचातानी गर्ने गरेको कारण उक्त जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको पटक पटक जानकारी दिँदै राजिनामा दिँदा पनि राजिनामा स्वीकृत नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको शिक्षक झाको भनाई रहेको छ । आफ्नो राजिनामा पनि स्वीकृत नगर्ने र सरुवा भएर अन्यत्र जान सहमति समेत नदिइ घेराबन्दीमा पारेर जबरजस्ती कार्य गराउने विद्यालय व्यवस्थापन समितिको मनसाय देखिएको भन्दै आफ्नो राजिनामा स्वीकृत गरी काज फिर्ता गराएर पहिलेको विद्यालयमा फर्काउन अथवा जिल्लाको अन्यत्रै विद्यालयमा सरुवा भएर जान पाउन समेत प्रधानाध्यापक झाले माग गर्नुभएको छ ।
शिक्षक झा २०८२ मंसिरदेखि कालिका माध्यामिक विद्यालयमा माध्यामिक तहको गणित शिक्षकको रुपमा कार्यरत रहेकोमा २०८३ वैशाखमा गोल्मेश्वर माध्यामिक विद्यालयमा काज सरुवमा आई वैशाख २९ गते प्रधानाध्यापकमा नियुक्त हुनुभएको हो । शिक्षक झा जिल्ला प्रशासन कार्यालयमा अनिश्चितकालीन धर्नामा आफ्नो माग माग पूरा नहुञ्जेल बसिरहने भएपछि गाउँपालिकाले शिक्षक झाको राजीनामा तत्काल स्वीकृत गरी संशोधित शिक्षा नियमावली बमोजिम विद्यालयमा प्रधानाध्यापक छनोटको प्रक्रिया अगाडि बढाउन पत्राचार गरिसकेको जनाइएको छ ।
विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी बाट हटिसकेपछि शिक्षक उक्त विद्यालयमा रहन नसक्ने र आफूलाई पूर्वपत विद्यालयमा का सरुवा फिर्ता अथवा जिल्लाको अन्य कुनै विद्यालयमा सर हुन चाहेको बताउनुभएको छ।





