ग्यास अभावपछि टेकुबाट प्रत्यक्ष वितरण सुरु, सिलिन्डर लिन उपभोक्ताको लामो लाइन
2026-08-02सुनसरी घटनापछि मधेसमा शान्ति फर्किँदै, जनजीवन सामान्य बन्दै
2026-08-02
ब्रोड पिकमा हिमपहिरो नेपालका कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको निधन
ब्रोड पिकमा हिमपहिरो : नेपालका कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको निधन
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, साउन १७ — विश्व पर्वतारोहण क्षेत्रमा नेपालको नाम उच्च बनाएका कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ। उनी ४३ वर्षका थिए।
उनको कम्पनी Elite Exped ले शनिबार (साउन १६) आधिकारिक रूपमा निधनको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेको हो।
कम्पनीका अनुसार दुर्घटनामा पुर्जासँगै उनका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ ‘युक्ता’, निमा शेर्पासहित अन्य टोली सदस्यहरूको पनि ज्यान गएको छ। घटनापछि उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको थियो।
निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभित्र सफल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। यस उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण जगतमा थप प्रतिष्ठा दिलाएको थियो। उनी पूर्व बेलायती विशेष सैन्य बल (Special Boat Service) का सदस्यसमेत थिए।
उनले पर्वतारोहणमार्फत नेपालका हिमाल, पर्यटन र नेपाली साहसलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए। उनको जीवन र उपलब्धि भावी पुस्ताका पर्वतारोहीका लागि प्रेरणाको स्रोतका रूपमा रहने विश्वास गरिएको छ।
निर्मल ‘निम्स दाइ’ पुर्जाको असामयिक निधनले नेपालसहित विश्व पर्वतारोहण समुदाय शोकमा डुबेको छ।
स्वर्गीय पुर्जा तथा यस दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।



