विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
हाँसोभित्र लुकेको पीडाको पानीजहाज ! राजेन्द्र मगर (राज)
३५ वर्षसम्म नेपालमा कुनै सरकारले पनि पानीजहाज ल्याउन सकेन, तर अहिले काठमाडौंको सुकुम्बासी बस्तीमा आइपुग्यो!
पैँतीस वर्षसम्म नेताहरूले मञ्चमाथि सपना सुनाए, “पानीजहाज ल्याउँछौँ” भन्दै ताली मात्रै धेरै बजाए।
समुद्र खोज्दै नक्सा हेरे, योजना धेरै बने कागजमा, जहाज भने देखिएन जनताको आँखै अगाडि कहिल्यै पनि।
अहिले त अचम्मै भयो, न समुद्र आयो, न बन्दरगाह, एक रात पानी परेपछि सडकै बन्यो जलमार्ग।
सुकुम्बासी बस्तीमा हेर्दा ढोका–आँगन सबै जलमग्न, कसैले हाँस्दै भन्यो, “लौ, पानीजहाज त आखिर आयो नि अब!”
न कप्तान चाहियो, न टिकट काट्नुपर्यो, घरको दैलोबाटै नौका चढ्ने पालो पर्यो।
पहिलाले सपना बेचे, अहिलेले दृश्य देखाए, जनताले भने मुस्कुराउँदै सोधे “अब लाइफ ज्याकेट पनि बजेटमै ल्याउने कि?”
यो हाँसोको कविता हो, तर पीडाको कथा पनि, देशले भाषण होइन, डुबान नहुने बस्ती खोजेको छ आखिर पनि।
नेता फेरिए, नारा फेरिए, तर जनताको एउटै चाहना— विकास पानीमा नबगोस्, र आशा फेरि नडुबोस्।





