विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन
सूर्योदय (इलाम), असार २८ | थाङ्मीचागु डट कम
इलामको ऐतिहासिक बजार आइतबारेको सौन्दर्यीकरण कार्य सम्पन्न भएसँगै आइतबार आयोजित एक विशेष समारोहबीच योजनाको औपचारिक उद्घाटन गरिएको छ।
सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यता तथा आइतबारे टोल विकास संस्थाका अध्यक्ष एवं निर्माण समितिका अध्यक्ष अमीर ताम्राकारको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेटबाट विनियोजित ५ लाख रुपैयाँ र स्थानीयवासीको नगद तथा श्रमदानबाट संकलित १ लाख २९ हजार ४१९ रुपैयाँ सहित कुल ६ लाख २९ हजार ४१९ रुपैयाँको लागतमा सौन्दर्यीकरण कार्य सम्पन्न गरिएको निर्माण समितिले जनाएको छ। कार्यक्रममै योजनाको आय–व्यय विवरणसमेत सार्वजनिक गरिएको थियो।
उद्घाटन समारोहमा प्रमुख अतिथि बरालले ‘आइतबारे’ लेखिएको लेटर ब्लकको अनावरण गर्दै स्थानीय समुदायको सक्रिय सहभागिताबिना दिगो विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले गोर्खे र गुफापाताल क्षेत्रको विकासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै स्थानीयको अग्रसरता नै विकासको मुख्य आधार भएको बताउनुभयो।
छोटो मन्तव्यका क्रममा उहाँले आफ्नो कार्यकालमा चाहेर पनि केही योजना अपेक्षाअनुसार अघि बढाउन नसकिएकोमा दुःख व्यक्त गर्दै कार्यकालको बाँकी अवधिमा सकेसम्म विकासका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा संविधानसभा सदस्य टीकाराम सुब्बा, सामाजिक व्यक्तित्वहरू भीष्म प्रधान, दीपक अधिकारी, किशोर श्रेष्ठ, अशेष राई, गोपाल अधिकारी, नरेन्द्र प्रधान लगायत स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
थाङ्मीचागु डट कम





