मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
विश्व साइकल यात्रामा रहेका आरसी ड्यानिललाई जोहोरमा नेपाली समुदायको सम्मान
विश्व साइकल यात्रामा रहेका आरसी ड्यानिललाई जोहोरमा नेपाली समुदायको सम्मान
जोहोर बारु, मलेसिया । विश्व साइकल यात्रामा रहेका नेपाली युवा आरसी ड्यानिललाई मलेसियाको जोहोरमा बसोबास गर्ने नेपाली समुदायले स्वागत तथा सम्मान गरेका छन्। आइतबार आयोजित कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाहरूको सहकार्यमा उनलाई सम्मान गरिएको हो।
कार्यक्रम नेपाल थामी समाज मलेसिया, सुदूरपश्चिम समाज क्षेत्रीय समिति जोहोर, नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति जोहोर, किराँत राई यायोक्खा जोहोर तथा रोल्पाली सेवा समाज जोहोरको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिहरूले ड्यानिलको साहसिक विश्व साइकल यात्राको प्रशंसा गर्दै उनको आगामी यात्रा अझ सफल र सुरक्षित रहोस् भनी शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा ड्यानिलले आफ्नो विश्व यात्राका क्रममा भोगेका विभिन्न अनुभवहरू सुनाउँदै विदेशमा रहेका नेपाली दाजुभाइ तथा संघसंस्थाबाट पाएको साथ, सहयोग र हौसलाले आफूलाई थप ऊर्जा मिलेको बताए। उनले कार्यक्रम आयोजना गरी सम्मान तथा स्वागत गरेकोमा सम्पूर्ण संघसंस्थाप्रति आभार व्यक्त गर्दै आगामी यात्रामा पनि यस्तै साथ र सहयोगको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा जोहोरमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।




