सिंगटीमा नाबालिकामाथि जघन्य अपराध, एक युवक पक्राउ

0Shares

सिंगटीमा नाबालिकामाथि जघन्य अपराध, एक युवक पक्राउ
८ चैत्र २०८२, आइतबार
दोलखा — दोलखाको उत्तरी भेग सिंगटी बजारमा एक नाबालिकामाथि भएको जघन्य अपराधले स्थानीय समुदाय स्तब्ध बनेको छ।
चैतको पहिलो साता १४ वर्षीया एक बालिकालाई प्रलोभनमा पारेर होटलमा लगि जबरजस्ती करणी गरिएको घटना बाहिरिएको हो। उक्त घटनामा संलग्न रहेको आरोपमा विगु गाउँपालिका–१ गोंगर खोलाका २२ वर्षीय धनराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार चैत ३ गते विगु गाउँपालिका–४ सिंगटीस्थित एक होटलमा बालिकामाथि अमानवीय व्यवहार गरिएको सूचनापछि तत्काल खटिएको टोलीले अभियुक्तलाई होटल परिसरबाटै नियन्त्रणमा लिएको हो।
घटनापछि जिल्ला प्रहरी कार्यालय दोलखाले अभियुक्तमाथि अनुसन्धान अगाडि बढाएको छ भने अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
पीडित बालिका कक्षा ८ मा अध्ययनरत रहेको र हाल परिवारको संरक्षणमा रहेको जनाइएको छ।
यस घटनाले बालबालिकाको सुरक्षा, समाजको जिम्मेवारी र यस्ता अपराधविरुद्ध कडा कारबाहीको आवश्यकता पुनः उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *