मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
पेनाङमा सुदूरपश्चिमेली नेपाली समाजद्वारा आयोजित दुईदिने खुला भलिबल प्रतियोगिता सम्पन्न ।।।
पेनाङमा सुदूरपश्चिमेली नेपाली समाजद्वारा आयोजित दुईदिने खुला भलिबल प्रतियोगिता सम्पन्न
१० टिमको सहभागिता, प्रदेश नं. १ प्रथम हुँदै कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न
मलेसिया, २०८२ चैत १० गते
सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, क्षेत्रीय समिति पेनाङको आयोजनामा दुईदिने खुला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा कुल १० टिमको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी सम्पूर्ण टिमप्रति आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरूप्रति आयोजकले गहिरो आभार प्रकट गरेको छ। साथै, प्रतियोगितालाई निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न योगदान दिने रेफ्री समूह तथा खेल उपसमितिका सदस्यहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।
कार्यक्रममा केन्द्रीय समितिको प्रतिनिधित्व गर्दै उपाध्यक्ष केशव खड्का प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिहरूमा जनउद्धार केन्द्र मलेसिया पेनाङका अध्यक्ष हिमाल कार्की, रोल्पाली सेवा समाजका अध्यक्ष दिपेन्द्र बुढामगर, सुप समाज जोहोरबारु समितिका सदस्य प्रदीप भट्ट, एसवाईसी युवा क्लबका अध्यक्ष गोविन्द मगर तथा नमस्ते भलिबल टिम जोहोरबारुका सल्लाहकार टेकम पाण्डेलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार अतिथिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा प्रदेश नं. १ प्रथम स्थान हासिल गर्न सफल भएको छ भने आयोजक सुप समाज द्वितीय र पीवाईसी युवा क्लब तृतीय स्थानमा सीमित भए। विजेता, उपविजेता तथा सान्त्वना स्थान प्राप्त टिमहरूका साथै उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथिको हातबाट पुरस्कार तथा मेडल प्रदान गरिएको थियो।
कार्यक्रमको समापनसँगै आयोजक समितिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्राप्त सहयोग, माया, सद्भाव तथा सुझावलाई आत्मसात गर्दै आगामी दिनमा अझ उत्कृष्ट र व्यवस्थित कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





