मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
मलेसियामा उभौली भव्य रूपमा मनाइने : नेपाल थामी समाज मलेसियाको बैठक सम्पन्न ।।।
मलेसियामा उभौली भव्य रूपमा मनाइने : नेपाल थामी समाज मलेसियाको बैठक सम्पन्न
मलेसिया — नेपाल थामी समाज मलेसियाको नियमित अनलाइन भर्चुअल बैठक १४ मार्च २०२६ शनिबार सम्पन्न भएको छ। बैठक समाजका अध्यक्ष सन्तोष ठान्टीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा नेपाल थामी समाज केन्द्रीय समिति, काठमाडौँका अध्यक्ष रणबहादुर थामी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। प्रमुख अतिथि थामीले प्रवासमा रहेका थामी समुदायबीच एकता कायम गर्दै भाषा, संस्कृति र परम्पराको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो।
बैठकमा समाजका करिब ८० प्रतिशत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले विशेषगरी आउँदै गरेको उभौली पर्वलाई केन्द्रित गर्दै विभिन्न विषयमा छलफल गरेको थियो।
बैठकले यस वर्षको उभौली पर्वलाई मलेसियाको जोरबारु क्षेत्रमा सभ्य तथा भव्य रूपमा मनाउने निर्णय गरेको छ। प्रवासमा रहेका थामी समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिने जनाइएको छ।
त्यसैगरी थाङ्मी/थामी समुदायको भेषभूषा सम्बन्धी विषयमा पनि बैठकमा छलफल भएको थियो। समुदायभित्र प्रयोग भइरहेका विभिन्न प्रकारका भेषभूषाको विवरण तथा फोटो संकलन गरी प्रतिवेदन तयार पार्ने र उक्त प्रतिवेदन नेपाल थामी समाज मलेसियाको तर्फबाट नेपाल थामी समाज केन्द्रीय समिति काठमाडौँमा बुझाउने निर्णय गरिएको छ। यसले समुदायको परम्परागत भेषभूषा सम्बन्धी स्पष्टता र एकरूपता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
बैठकमा संस्थाको संगठन सुदृढीकरण, आगामी कार्यक्रम तथा आन्तरिक गतिविधिहरू सम्बन्धी विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले आफ्नो परिचय प्रस्तुत गर्दै समाजप्रति आफ्नो उत्तरदायित्व, जिज्ञासा र सुझावहरू समेत राखेका थिए।
बैठकमा उपाध्यक्ष सुजन थामी, सहसचिव देउ राजा थामी, समाजसेवी संयोजक तथा के.एल. इन्चार्ज पल ठान्टी, कोषाध्यक्ष नीर बहादुर थामी, सञ्चार संयोजक सुमन थामी तथा सदस्यहरू प्रज्वल हार्बा थामी, सुसन ठान्टी, पल बहादुर थामी, तेजेन्द्र थामी, चन्द्रबहादुर थामी र अदिप ठान्टी लगायतको उपस्थिति रहेको थियो।
बैठकको अन्त्यमा अध्यक्ष सन्तोष ठान्टीले उपस्थित प्रमुख अतिथि तथा सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रवासमा रहेका थामी समुदायको एकता, पहिचान र संस्कृतिको संरक्षणका लागि संस्थाले निरन्तर सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।





