मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
इरानलाई आक्रमण बन्द गर्न ६ खाडी मुलुकको आग्रह
इरानलाई आक्रमण बन्द गर्न ६ खाडी मुलुकको आग्रह
१८ फाल्गुन २०८२, सोमबार ०९:५०
मध्यपूर्वमा बढ्दो तनावका बीच ६ खाडी मुलुकले इरानलाई आक्रमण तत्काल बन्द गर्न आग्रह गरेका छन्। खाडी सहयोग परिषद् (GCC) मा आबद्ध राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इरानको हालैको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
Gulf Cooperation Council मा संयुक्त अरब इमिरेट्स, बहराइन, साउदी अरेबिया, ओमान, कतार र कुवेत सदस्य रहेका छन्।
सदस्य राष्ट्रहरूले आइतबार भएको आक्रमणबाट मानवीय तथा आवासीय क्षेत्रमा क्षति पुगेको उल्लेख गर्दै त्यसको निन्दा गरेका छन्। विज्ञप्तिमा इरानले अन्तर्राष्ट्रिय कानुन र सम्बन्धित मुलुकको सार्वभौमसत्ताको उल्लंघन गरेको आरोप लगाइएको छ।
खाडी मुलुकहरूले इरानले आक्रमण नरोके आफ्नो सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएका छन्। उनीहरूले क्षेत्रीय स्थायित्व, सुरक्षा र कूटनीतिक समाधानको आवश्यकता दोहोर्याएका छन्।
मध्यपूर्वमा पछिल्लो समय बढ्दो सैन्य गतिविधिले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिरहेको छ।





