मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा आयोजित सोनाम ल्होछार तथा ग्याल्पो ल्होसार २०२६ को संयुक्त सांस्कृतिक कार्यक्रम भव्य साथ हुने
गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा आयोजित सोनाम ल्होछार तथा ग्याल्पो ल्होसार २०२६ को संयुक्त सांस्कृतिक कार्यक्रम भव्य साथ हुने
गायक प्रदीप लामाको विशेष प्रस्तुति रहने छ:
थाङमिचागु डटकम संवाददाता

अर्बिल, इराक: गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजले २०२६ को सोनाम ल्होछार तथा ग्याल्पो ल्होसार संयुक्त साँस्कृतिक कार्यक्रमको भव्य तयारी गरिरहेको छ। यस वर्षको कार्यक्रमलाई ऐतिहासिक बनाउन नेपालबाट आमन्त्रित चर्चित गायक प्रदीप लामाको विशेष प्रस्तुति रहने भएको छ।
कार्यक्रमको मुख्य आकर्षण:
सोनाम ल्होछार तथा ग्याल्पो ल्होसार २०२६ को यो पाँचौं प्रस्तुतिमा गायक प्रदीप लामा साथै स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ। विभिन्न साँस्कृतिक झाँकीहरू, परम्परागत नृत्यहरू र गीत संगीतले कार्यक्रमलाई थप रोचक बनाउने अध्यक्ष मेघराज लामाज्यूले बताएको छ!
कुर्दिसतानमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि यो कार्यक्रम मनोरञ्जन र
सांस्कृतिक आदानप्रदानको महत्त्वपूर्ण अवसर हुनेछ।
गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजले कुर्दिसतानमा कर्म गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस भव्य साँस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजका अध्यक्ष श्री मेघराज लामाज्यूले हार्दिक निमन्त्रणा ज्ञापन गरेको छ।
कार्यक्रम तालिका:
मिति : २०२६ फेब्रुअरी ६ तारिख( शुक्रबार)
स्थान : नवरोज हल, कुर्दिस्तान( एर्बिल)
समय : बिहान ११ बजे देखि बेलुका ७ बजेसम्म
आयोजक : गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाज (परिवार)





