मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
समावेशी समाज निर्माणको प्रतिवद्धतासहित दोलखामा अपाङ्ग दिवसको कार्यक्रम सम्पन्न
समावेशी समाज निर्माणको प्रतिवद्धतासहित दोलखामा अपाङ्ग दिवसको कार्यक्रम सम्पन्न
दोलखा, १७ मंसिर २०८२ — भीमेश्वर नगरपालिका, दोलखामा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्धन’ भन्ने राष्ट्रिय नाराका साथ ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता रामकृष्ण तामाङले गर्नुभयो।
सो अवसरमा प्रमुख अतिथि कमला बस्नेत रहनु भएको थियो।
त्यसैगरी अतिथि मंगला मानन्धर, पार्बती खड्का, साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
कार्यक्रमका वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार, समाजमा पहुँच सुनिश्चितता, अवसरको समानता, र समावेशी वातावरण निर्माणका विषयमा महत्वपूर्ण धारणा व्यक्त गरे। सबैले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान, सुरक्षा, र आत्मविश्वास प्रदान गर्ने वातावरण बनाउन सबै पक्ष गम्भीर र उत्तरदायी बन्नुपर्नेमा जोड दिए।
अपाङ्गता तथा दृष्टिविहिन समुदाय सेवा संघ (CSADB) चरिकोट, दोलखाको आयोजनामा सम्पन्न सो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, क्षमता र सम्भावनालाई मुख्यधारको समाजमा स्थापित गर्दै समावेशी समाज निर्माणतर्फ सबैलाई प्रेरित गरेको आयोजकले जनाएको छ।
थाङ्मीचागु डटकम
दोलखा




