यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Tuesday, April 21, 2026
नेपाल आदिवासी जनजाति महासंघ र तामाङ घेदुङद्वारा बिरामीलाई आर्थिक सहयोग
नेपाल आदिवासी जनजाति महासंघ र तामाङ घेदुङद्वारा बिरामीलाई आर्थिक सहयोग
मिति: २०८२/०८/१६
भीमफेदी गाउँपालिका वडा नं.१ निवासी यमबहादुर गोलेका छोरा उत्तम गोले ढाड भाचि भएपछि हाल चुरेहिल अस्पतालमा उपचाररत छन्। उनको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले थप उपचारका लागि सहयोग आवश्यक परेको थियो।
यसैक्रममा मलेसियाबाट संचालित “उत्तम गोले बचाउ अभियान” मा नेपाल तामाङ घेदुङ मलेसिया शाखा र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले नेतृत्व गर्दै सहयोग जुटाएका छन्।
मुख्य सहयोगीहरू र योगदान:
- नेपाल तामाङ घेदुङ मलेसिया प्रमुख सल्लाहकार मिलान दोङ तामाङ – RM 51
- महिला उपाध्यक्ष सम्झना मोक्तान तामाङ – RS 1121
- एलिजा तामाङ – RS 1116
- असीम तामाङ – RM 61
- विक्रम वाइबा – RM 51
- सुनिता घिसिङ नाना – RM 100
- नेपाल आदिवासी जनजाति महासङ्घ मलेसिया – RM 654
- अन्य सहयोगी सदस्यहरू सहित जम्मा RM 2213 (नेपाली रुपैयाँ 76,747) संकलन गरिएको छ।
उक्त रकम २०८२/०८/१६ मा बिरामी उत्तम गोले का दाजु कुमार गोले ज्यूको खातामा हस्तान्तरण गरिएको छ।
अभियानका आयोजकहरूले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सहयोग गर्ने सबै संघ–संस्था र व्यक्तिगत सहयोगी प्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।
थाङ्मीचागु डटकम





