भाजु ठान्टी थाङ्मी गोडाइचा: गाउँ विकास र थामी समुदायको उत्थानमा समर्पित नेतृत्व ।।।
2026-07-16रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न, माई–लारुम्बा यात्रा अब सहज ।।।
2026-07-16
Thursday, July 16, 2026
सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
रामेछापका चालक सुदाम पौडेल खत्रीको ज्यान गयो २९ चैत्र २०८२, आइतवार | ०८:२२
दोलखा — दोलखाको उत्तरी क्षेत्र सिंगटी बजार नजिकै मध्यराति भएको जेसिभी (व्याक हो लोडर) दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
शनिबार राति सिंगटी बजारबाट बन्चरेतर्फ जाँदै गरेको जेसिभी अचानक अनियन्त्रित भई कालिनाग माध्यमिक विद्यालय नजिक सडकबाट तल खस्दा चालक सुदाम पौडेल खत्री को घटनास्थलमै ज्यान गएको हो।
मृतक खत्री रामेछापको मन्थली नगरपालिका–१२, गेलुका स्थायी बासिन्दा हुन् भने हाल बन्चरे क्षेत्रमा बसोबास गर्दै आएका थिए।
घटनापछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।





