सोनाम ल्होछार २०२६को भव्य सांस्कृतिक कार्यक्रम सुलेमानीमा आयोजना हुने !!

0Shares

सोनाम ल्होछार २०२६को भव्य सांस्कृतिक कार्यक्रम सुलेमानीमा आयोजना हुने

“तामाङ भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषालाई जगेर्ना गरौँ” भन्ने मुलनारा सहित मञ्जुश्री सम्बत् २८६२९ (ता ल्हो) सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आगामी २३ जनवरी २०२६ मा सुलेमानीस्थित ओस्कार हल सभिनारमा भव्य रूपमा आयोजना हुने भएको छ।

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले आयोजना गर्न लागेको यस बृहत् सांस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सफल पार्नका लागि तयारी तीव्र भइरहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा सेलो गायक तथा संगीतकार प्रकाश तामाङ (तिन्टुङ) र मेहेन्दोमाया तथा लोकदोहोरी गायिका मनमाया वाइबा तामाङ विशेष प्रस्तुति दिने छन्।

कार्यक्रमका संयोजक राजिव थिङ तामाङ अनुसार “UPDATE COMING SOON……” भनिएको अन्य विस्तृत विवरण क्रमशः सार्वजनिक गरिँदै जानेछ।

कार्यक्रम FWCDO Kurdistan Iraq द्वारा Powered रहनेछ।

सम्पर्क: ०७५११२२९८८४ (राजिव थिङ तामाङ)


Leave a Reply

Your email address will not be published. Required fields are marked *