भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
दोलखाका सिडिओ भोला दाहालको दुई महिनामै सरुवा
दोलखाका सिडिओ भोला दाहालको दुई महिनामै सरुवा
थाङमिचागु डटकम संवाददाता

दोलखा, कार्तिक ९ – दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालको दुई महिना नपुग्दै फेरि सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३६ जना सहसचिवहरूको सरुवा गरेको हो ।
मन्त्रालयको निर्णयअनुसार दोलखाका सिडिओ दाहाललाई पर्सा जिल्लामा सरुवा गरिएको छ । दाहाल भदौ दोस्रो साता मात्रै सप्तरीबाट दोलखा आएका थिए । दुई महिना नपुग्दै उनी पुनः सरुवा भएपछि जिल्लामा चर्चा र प्रतिक्रिया समेत सुरु भएको छ ।
दाहालको स्थानमा अब नारायण प्रसाद रिसाल दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउने भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार बसेको बैठकले सहसचिवहरूबीचको नियमित सरुवा निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
दोलखाजस्तो भौगोलिक, प्रशासनिक र विकासीय हिसाबले संवेदनशील जिल्लामा बारम्बार सिडिओ परिवर्तन हुनु स्थानीय प्रशासनिक स्थायित्वका लागि चुनौती मानिएको छ ।





