मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
मलेसियामा सम्पर्क विहिन भएका राजेन्द्र रेग्मी स्वदेश फर्किए
मलेसियामा सम्पर्क विहिन भएका राजेन्द्र रेग्मी स्वदेश फर्किए
थाङमििचागु डटकम संवाददाता

क्वालालम्पुर, मलेसिया – कोताराया स्थित मैडिन अगाडि भेटिएका राजेन्द्र रेग्मी नेपाली राजदूतवासको पहलमा २४ अक्टोबर, शुक्रबार स्वदेश फर्किएका छन्। उनी पाँच वर्ष अघि मलेसियामा सेक्युरिटी कम्पनीमा काम गर्न आएका थिए र २८ सेप्टेम्बरदेखि सम्पर्क विहिन भएका थिए।
परिवारको अनुरोधमा MRC र पिएनसिसि मार्फत खोजी सुरु गरिएको थियो। नेपाली दूतावासले १५ अक्टोबरमा आफ्नो अफिसियल फेसबुक पेजमा सार्वजनिक अपिल गरेपछि, रेग्मी १७ अक्टोबर साँझ नेपाली जनता सम्पर्क समिति मलेसियाका उपाध्यक्ष टेक टमटा मार्फत भेटिएका थिए।
स्वदेश फर्किँदा लाग्ने सम्पूर्ण खर्च र कागजी प्रक्रियाका लागि दूतावासले पहल गरी सम्बन्धित कम्पनीलाई जिम्मेवारी बहन गर्न बाध्य बनाएको थियो।
प्रवासी नेपाली मञ्चका सचिव एवं बाग्लुङ सेवा समाजका अध्यक्ष कृष्ण खड्काले KEIA एयरपोर्टसम्म पुर्याएर बोर्डिङपास प्रक्रियामा सहयोग गरेका थिए।





