भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
जेन जी युनाइटेड परिवर्तन समूहद्वारा सहिदप्रति श्रद्धाञ्जलीसहित सामूहिक भाइटीका
जेन जी युनाइटेड परिवर्तन समूहद्वारा सहिदप्रति श्रद्धाञ्जलीसहित सामूहिक भाइटीका
भाङमिचागु डटकम संवाददाता

कार्तिक ७, काठमाडौं
जेन जी युनाइटेड परिवर्तन समूहले यस वर्षको भाइटीका पर्व विशेष शैलीमा मनाएको छ । समूहले देशका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामूहिक रूपमा भाइटीका कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको सुरुवातमा समूहका सदस्यहरूले देशका लागि बलिदान दिने वीर सहिदहरूलाई सम्झना गर्दै मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरे । त्यसपछि सहभागी सदस्यहरूले आपसमा भाइटीका लगाउँदै शुभकामना साटासाट गरेका थिए ।
कार्यक्रमका क्रममा वक्ताहरूले “सहिदहरूको बलिदानबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रता जोगाउने हाम्रो जिम्मेवारी हो” भन्दै युवा पुस्तालाई एकता, परिवर्तन र सकारात्मक सोचको बाटोमा अघि बढ्न आह्वान गरेका थिए ।
जेन जी युनाइटेड परिवर्तन समूहले विगत केही वर्षदेखि सामाजिक सचेतना, युवाको नेतृत्व विकास र देशभक्तिपूर्ण गतिविधिमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।





