नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नेपाल टेलिकमले जीएसएम पोस्टपेड अनलिमिटेड प्याकेजमा स्वतः रिन्यूल सुविधा सुरु
नेपाल टेलिकमले जीएसएम पोस्टपेड अनलिमिटेड प्याकेजमा स्वतः रिन्यूल सुविधा सुरु गर्यो
थाङमिचागु डटकम संवाददाता

काठमाडौं – नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेजमा स्वतः रिन्यूल सुविधा सञ्चालनमा ल्याएको छ। यो व्यवस्था भोलीदेखि लागु हुने गरी तयार गरिएको हो।
साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रूपमा लिएर पहिलोपटक खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो-रेट हिसाबमा रकम कटौती हुनेछ। त्यसपछि प्रत्येक महिनाको १५ तारिखमा सोही प्याकेज स्वतः रिन्यूल हुनेछ।
नेपाल टेलिकमका अनुसार, यदि रिन्यूलको समयमा ग्राहकको उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन सक्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुनेछ। साथै, प्याकेजमा उपलब्ध डेटा र एसएमएस पर्याप्त नभए ग्राहकले अन्य प्याकेज खरिद गर्न सक्नेछन्।
ग्राहकले चाहेमा बढी वा कम रिसोर्सेससहितका अन्य प्याकेज वा साबिकका नर्मल एसएमएस/डेटा प्याकेज पनि खरिद गर्न सक्ने सुविधा उपलब्ध छ।





