नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
एमाले अध्यक्ष ओलीको दाबी : सरकारको निशानामा म, थुन्ने तयारी हुँदैछ
सरकारले मलाई थुन्ने योजना बनाइरहेको छ ओली
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई थुन्ने तयारी गरिरहेको आरोप लगाएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले पछिल्ला दिनमा आफूविरुद्ध राजनीतिक षड्यन्त्रहरू चलिरहेका दाबी गरेका हुन्।
उनका अनुसार, “यो सरकारले मलाई पटक–पटक थुन्ने प्रयास गर्दैछ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ,” भन्ने वक्तव्य दिएका हुन्।
अध्यक्ष ओलीले पार्टीभित्र देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गर्दै एकता, अनुशासन र विचारको स्पष्टतासहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
बैठकले प्रतिनिधिसभा पुनःस्थापनाका लागि देशव्यापी जनपरिचालन अभियान सुरु गर्ने निर्णय गरेको छ। ओलीले त्यसका लागि लोकतन्त्र, गणतन्त्र र संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्नुपर्ने बताएका छन्।
यसैबीच, एमालेले आफ्नो ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय पनि गरेको छ।





