नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई औपचारिक बिदाइ ।।।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई औपचारिक बिदाइ ।।।
थाङमिचागु डटकम संवाददाता

माया स्याङ्तान,असोज ३० , जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बिहीबार एक विशेष कार्यक्रमका बीचमा निवर्तमान मुख्यमन्त्री माननीय सतिश कुमार सिंहज्यूलाई औपचारिक रुपमा बिदाई गरेको छ ।
कार्यालय परिसरमा आयोजित बिदाई समारोहमा निवर्तमान मुख्यमन्त्री सिंहको कार्यकालमा प्रदेशको विकास र सुशासनका लागि पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरिएको थियो ।
कार्यक्रममा प्रमुख सचिव मदन भुजेलले निवर्तमान मुख्यमन्त्री सिंहको नेतृत्व, कुशल प्रशासन र समन्वयकारी भूमिकाको सराहना गर्दै उहाँको सफल कार्यकालका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।
बिदाई कार्यक्रममा उपस्थित विभिन्न मन्त्रालयका सचिवहरू, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सम्पूर्ण कर्मचारीहरूले सामूहिक रूपमा निवर्तमान मुख्यमन्त्री सिंहज्यूप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँको भावी जीवन र राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।
निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले बिदाई समारोहमा आफूलाई प्राप्त सहयोग, सद्भाव र विश्वासका लागि प्रमुख सचिव लगायत सबै सचिवहरू तथा कर्मचारीहरूलाई धन्यवाद दिनुभयो ।
उहाँले आफ्नो कार्यकालमा भएका उपलब्धिहरूमा सबै कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रदेशको उन्नतिका लागि सदैव सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा मुख्यमन्त्री कार्यालयका उच्च पदस्थ अधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो।।





