धनुषा : सपहीका युवाहरूको उदाहरणीय पहल, पसलहरूलाई जिम्मेवार बनाएर डस्टबिन वितरण

0Shares

धनुषा : सपहीका युवाहरूको उदाहरणीय पहल, पसलहरूलाई जिम्मेवार बनाएर डस्टबिन वितरण

थाङमिचागु डटकम संवाददाता

असोज २१, धनुषा — धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ मा सपहीका सचेत युवाहरूले फोहोर व्यवस्थापनका लागि सराहनीय र उदाहरणीय कदम चालेका छन्।

विनोद अविरलको नेतृत्वमा युवाहरूले सपही चौकलाई सफा र व्यवस्थित राख्ने उद्देश्यका साथ क्षेत्रका प्रत्येक पसलबाट रु. १,०००/- संकलन गरेर डस्टबिन खरिद गरेका हुन्।

संचालित पहलअनुसार, प्रत्येक डस्टबिनमा सम्बन्धित पसलको नाम लेखेर पसल व्यवसायीलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको छ। यसले व्यवसायीहरूलाई आफ्नो फोहोर व्यवस्थित रूपमा संकलन गर्न प्रेरित गरेको छ।

स्थानीय युवाहरूको यो कार्यले सफा र स्वस्थ वातावरणको महत्त्व मात्र देखाएको छैन, बरु फोहोर व्यवस्थापनमा सामुदायिक सहभागिता र युवा सक्रियताको सकृय उदाहरण प्रस्तुत गरेको छ।

सपहीका युवाहरूले देखाएको पहलले स्पष्ट पारेको छ कि सरकार वा निकायको पर्खाइमा बस्नु भन्दा समुदाय र युवाको सक्रियताबाट धेरै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *