सिंहदरबार आगोमा दमकल ढिला पुगेको आरोपमा मेयर बालेन शाहको विस्तृत जवाफ

0Shares

सिंहदरबार प्रकरणमा मेयर बालेन शाहको स्पष्टीकरण : “हामी आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन

थाङमिचागु डटकम संवाददाता

काठमाडौँ — पछिल्ला दिनमा सिंहदरबारमा लागेको आगोका विषयमा उठेका प्रश्न र आरोपहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लामो स्टाटसमार्फत काउण्टर दिएका छन्।

सो स्टाटसमा उनले “सिंहदरबार जलाउँदा महानगरको दमकल कहाँ गयो?”, “तीन दिनसम्म जलेर बस्यो?” भन्ने जस्ता आरोपहरूको जवाफ दिएका छन्।

उनका अनुसार, गत भदौ २४ गते राति सिंहदरबारमा आगो लाग्दा आन्दोलनकारीको अवरोधका कारण महानगरको दमकल तुरुन्त पुग्न सकेको थिएन, तर भीड शान्त भएपछि सोही दिन साँझ ८:१५ बजेतिर दमकल त्यहाँ पुगेको थियो।

मेयर शाहले लेखेका छन्, “सिंहदरबार भित्रै सेनाको दमकल हुँदा पनि हुलले काम गर्न दिएन, हाम्रो टिमले भने जोखिम मोल्दै रातदिन आगो निभाउन, घाइतेको उपचार, खाना, औषधि र लास व्यवस्थापनमा निरन्तर खटिएको थियो।

उनले काठमाडौं महानगरको ५ वटा दमकल (न्युरोड, बालाजु र रामहिटीमा रहेका) तथा ४४ जनाको टोलीले २३ देखि २८ गतेसम्म ५५ भन्दा बढी स्थानमा आगो निभाउने कार्यमा संलग्न रहेको विस्तृत विवरणसमेत सार्वजनिक गरेका छन्।

शाहले संघीय सरकारको घोषणाभन्दा अघि नै महानगरले अस्पताल, औषधि, रगत, खाना, लजिस्टिक र लास व्यवस्थापनको जिम्मा लिएको उल्लेख गर्दै भनेका छन् —

“अपरेसन गर्दा अभिभावक नभएका बिरामीको ‘Informed Consent’ मा समेत हाम्रो नगरप्रहरीले हस्ताक्षर गरेको थियो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *