सिन्धुपाल्चोकमा बस दुर्घटना, तीन नाबालकसहित २० जना घाइते

0Shares

सिन्धुपाल्चोकमा बस दुर्घटना, तीन नाबालकसहित २० जना घाइते

थाङमिचागु डटकम संवाददाता

सिन्धुपाल्चोक — सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मंगलबार साँझ भएको बस दुर्घटनामा तीन जना नाबालकसहित २० जना घाइते भएका छन्।

रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उद्धारपछि सबै घाइतेहरूलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाइएको प्रहरीले जानकारी दिएको छ।

हालसम्म बसमा सवार यात्रुको सङ्ख्या यकिन हुन बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *