मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सिरहामा प्रभास सिंह राजपूतको समूहद्वारा पाँच दलित परिवारको घर तोडफोड, पीडित बिचल्लीमा
सिरहामा प्रभास सिंह राजपूतको समूहद्वारा पाँच दलित परिवारको घर तोडफोड, पीडित बिचल्लीमा
थाङमिचागु डटकम संवाददाता

विनोद अविरल, असोज २० ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–८, अरङ्ग गाउँमा स्थानीय प्रभावशाली व्यक्ति प्रभास सिंह राजपूतको समूहले पाँच दलित परिवारका घर तोडफोड गरी बालीनाली नष्ट गरेको छ।
स्थानीय सांस्कृतिक कार्यक्रममा देखिएको पुरानो रिसइबीका कारण ३५ वर्षीय राजपूतको नेतृत्वमा रहेको समूहले ७० वर्षीय विन्दे पासवानलगायत पाँच दलित परिवारमाथि हमला गरेको जनाइएको छ।
पीडित परिवारहरूले सरकार स्वामित्वको सार्वजनिक पोखरीको डिलमा घर बनाएर बस्दै आएका थिए। राजपूतको समूहले ती परिवारका घर, केरा बगान, मेवा, कागती लगायतका बोटबिरुवा समेत काटेर नष्ट गरेको पीडितको भनाइ छ।
यति मात्र होइन, समूहले खानेपानीको नल तोडफोड गर्नुका साथै घरभित्रका चामल र अन्य खाद्यान्न पोखरीमा फालिदिएको बताइएको छ। यसले दलित परिवारको दैनिक जीवनमा ठूलो असर परेको छ।
वर्षाको समयमा घर भत्किएपछि ती परिवारहरू अहिले आश्रयविहीन भई बिचल्लीमा परेका छन्।
घटनाको जानकारी पाएपछि प्रशासनिक टोलीले घटनास्थल पुगेर एक थान त्रिपाल उपलब्ध गराएको छ। तर, पीडित परिवारहरूले राज्यबाट थप राहत र न्यायको माग गरेका छन्।
यस घटनाका मुख्य आरोपी प्रभास सिंह राजपूतसहितका केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। यद्यपि, एक वडा अध्यक्षसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि प्रहरीले अरङ्ग गाउँमा थप सुरक्षा बल परिचालन गरेको छ। स्थानीयहरूले यस घटनालाई सुनियोजित जातीय आक्रमणको रूपमा लिएर दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।




