मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
धनगढीमाई एफसी सेमिफाइनलमा प्रवेश, मुक्सार एफसी घरेलु मैदानमै पराजित
धनगढीमाई एफसी सेमिफाइनलमा प्रवेश, मुक्सार एफसी घरेलु मैदानमै पराजित
थाङमिचागु डटकम संवाददाता

विनोद अविरल, असोज २० ।
दोस्रो मुक्सार गोल्डकप फुटबल प्रतियोगिता २०८२ अन्तर्गत धनगढीमाई फुटबल क्लब (Dhangadhimai FC) सेमिफाइनलमा प्रवेश गरेको छ।
आज सम्पन्न रोमाञ्चक क्वाटरफाइनल खेलमा धनगढीमाई एफसीले आयोजक मुक्सार एफसी (Muksar FC) लाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
निर्धारित समयसम्म खेल गोलरहित बराबरीतर्फ उन्मुख भएको बेला धनगढीमाई एफसीका खेलाडीले निर्णायक गोल गर्न सफल भए। धनगढीमाईका तर्फबाट भएको उक्त सटिक प्रहार रोक्न मुक्सार एफसीको रक्षा पंक्ति असफल रह्यो, जसले खेलको एकमात्र गोलको रूपमा निर्णायक भुमिका खेल्यो।
घरेलु मैदान र उत्साहित दर्शकको समर्थन प्राप्त गरे पनि मुक्सार एफसीले बराबरी गोल फर्काउन सकेन। अन्तिम मिनेटसम्म गरेको लगातार प्रयास पनि धनगढीमाईको बलियो रक्षात्मक खेल र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण निष्फल भयो।
यो जितसँगै धनगढीमाई एफसी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने टोली बनेको छ। आयोजकको हारले घरेलु दर्शकलाई निराश पारे पनि धनगढीमाई एफसीको जितले प्रतियोगिता झन् रोमाञ्चक बनेको छ।
प्रतियोगिताको बाँकी क्वाटरफाइनल खेलहरू अबका दिनमा जारी रहने आयोजक समितिले जनाएको छ।





